नियम ३७
अनुमतिपत्र रद्द हुने अवस्था

(१) देहायको अवस्थामा कुनै विदेशीलाई प्रदान गरिएको पदयात्रा अनुमतिपत्र विभागले रद्द गर्न सक्नेछ ः–
(क) नियम २८ बमोजिम भिसा रद्द गरिएमा ।
(ख) पदयात्रा अनुमतिपत्रमा उल्लेखित बाटो र क्षेत्र बाहेक अन्य बाटोबाट वा क्षेत्रमा पदयात्रा गरेमा ।
(ग) नियम ४१ मा उल्लेख भए अनुसारको आचारण र शर्तहरूको पालना नगरेमा ।
(घ) पदयात्रा अनुमतिपत्रमा उल्लेख गरिएका अन्य शर्तहरूको पालना नगरेमा ।
(ङ) ऐन र यस नियमावलीले गरेका ब्यवस्थाहरुको उल्लंघन गरेमा ।
(२) उपनियम (१) बमोजिम रद्द गरिएको पदयात्रा अनुमतिपत्र वापत बुझाएको दस्तुर फिर्ता हुनेछैन ।